गत आर्थिक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

Aug 18, 2024 02:02 PM Merolagani



आर्थिक वर्ष २०८०-८१ मा साढे १४ खर्बको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको १२ महिनाको तथ्याँक अनुसार असारसम्ममा १४ खर्ब ४५ अर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.५ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। गत वर्ष यस्तो बृद्धिदर केहि घटेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४९७,७०४ र २७७,२७२ रहेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई रु.१५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।