होन्डा कम्पनीकाे हर्नेट २.० सस्तियाे, कति छ मूल्य ?

Aug 19, 2024 04:59 PM Merolagani



होन्डा कम्पनीकाे हर्नेट २.० सस्तिएकाे छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले मूल्य घटेकाे जानकारी दिएकाे हाे । 

हर्नेट २.० को मूल्य ३४ हजार रुपैयाँले घटेको हो । यससँगै, कम्पनीले तीन वर्षदेखि नेपाली बजारमा बिक्री गर्दै आएको हर्नेट २.० को नयाँ मूल्यसूची सार्वजनिक गरेकाे छ।

नेपाली बजारमा हर्नेट २.०काे पहिलो बिक्री २०७८ कार्तिकमा सुरू गरिएकाे थियाे । सुरूवातमा, यसकाे मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएकाे थियाे । तर अहिले भने याे मोटरसाइकलको मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँ ताेकिएकाे छ ।

होन्डा हर्नेटमा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई इन्जिन पाउन सकिनेछ । यो इन्जिनले ८,५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ ।

यो बाइकमा भी आकारको एलईडी हेडल्याम्पहरू राखिएका छन् । याे हेडल्याम्प डीआरएलएससँग आउनेछ। यसमा ठूलो र मस्कुलर फ्लुटेड ट्याङ्की दिइएकाे छ। बाइकको मेकानिकल पार्ट्सलाई कालो शेड दिइएको छ । यसका साथै, यसमा एलईडी इन्डिकेटर, एलईडी टेल लाइट जस्ता सुविधाहरू छन्।

बाइकमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानल छ, जसमा गति, ट्याकोमिटर, इन्धन दक्षता, अटोमिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर जस्ता धेरै विवरणहरू उपलब्ध हुनेछन्। गियर पोजिसन, ब्याट्री भोल्टमिटर, इन्जिन स्टार्ट स्विच जस्ता जानकारी पनि यसमा देखिनेछ।

बाइकमा १८४ सीसी एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ। यसमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ । यसको टर्क १६.१ एनएम छ। याे मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने बताइएकाे छ । 

त्यसैगरी, डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ । यसमा अल डिजिटल कन्सोल र व्याट्री भल्ट मिटर दिइएको छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । 

यसमा डायमण्ड फ्रेमको प्रयोग गरिएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । १७ इन्चको अलोय ह्वील, दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसकासाथै, फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेकको साथै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।