महिन्द्रा थार रक्सकाे भारतमा बिक्री सुरू, कति ताेकियाे मूल्य ?

Aug 19, 2024 11:10 AM Merolagani



महिन्द्राको बहुप्रतिक्षित एसयूभी थारको फाइभ डोर भेरियन्ट आधिकारिक रूपमा बिक्रीका लागि शुक्रबार सार्वजनिक भएको छ । कम्पनीले थारको ५ डोर भर्सनलाई रक्स नाम थपेर ल्याएको हो ।

महिन्द्राले ५ ढोका भएको थार लञ्च गर्न लागेको छ । कम्पनीले किफायती मूल्यमा नै याे एसयूभी भारतीय बजारमा ल्याएकाे छ ।

नयाँ थार रक्सकाे पेट्राेल माेडलकाे प्रारम्भिक मूल्य १२ लाख ९९ हजार भारतीय रूपैयाँ ताेकिएकाे छ। यसकासाथै, डिजल भेरियन्टकाे मूल्य १३ लाख ९९ हजार भारतीय रूपैयाँ पर्नेछ । यद्धपी कम्पनीले अझै पनि केहि भेरियन्ट्सकाे मूल्य घाेषणा गर्न बाँकी नै छ । 

कम्पनीले थार रक्सकाे टेष्ट ड्राइभ सेप्टेम्बर १४ मा सुरू हुनेछ । त्यसपछि आधिकारिक बुकिङ आगामी अक्टाेबर ३ बाट मात्र सुरूवात गरिनेछ । दशैँकाे समयसम्म नयाँ फाइभ डाेर थार रक्सकाे डेलिभरी गरिने भारतीय कम्पनीले जनाएकाे छ ।

यसरी, छिमेकी मुलुक भारतमा सार्वजनिक भएको केही समयमै थार रक्स नेपाल भित्रन सक्नेछ।  भदौ १० गतेबाट हुन गइरहेको नाडा अटो शो २०२४ मा थारको फाइभ डोर भेरियन्ट प्रदर्शनी गरिने भएको छ । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले यो गाडी नेपालमा ल्याएर प्रदर्शन गर्न लागेको हो।

कस्ताे छ नयाँ थार रक्स ?

थार फाइब डोरमा लामो ब्हीलबेस हुनेछ । यसको अर्थ एसयूभी लेडर फ्रेम चेसिसमा आधारित स्कोर्पियो एन जस्तै हुनेछ । यसको क्याबिन भित्र राम्रो ठाउँ पनि रहनेछ ।

थ्री डोरको तुलनामा यसमा कैयौं अतिरिक्त सुविधाहरू पाउन सकिनेछ । जसमध्ये १०.२५ इन्चको ठुलो टचस्क्रिन, एलइडी प्रोजेक्टर हेडल्याम्प, ३६० डिग्री क्यामरा, पुस बटन स्टार्ट जस्ता फीचरहरू रहेका छन् ।

यसबाहेक फ्रंट रियर सेन्टर आर्मरेस्ट, लेदरेट सीट अपहेल्स्ट्री, रियर एसी बेंट फीचर पनि रहेको छ । यसमा २ बाहेक ६ वटा एयरब्याग र एक सनरूफ पनि उपलब्ध हुनेछ ।

थार फाइब डोरमा रियर डिस्क ब्रेक पनि पाइनेछ । रेगुल थारमा फ्रन्ट डिस्क ब्रेकमात्र उपलब्ध रहेको छ । अर्थात् यो नयाँ थार प्राविधिक रूपमा धेरै एडभान्स हुनेछ ।

यसको फ्रन्ट फेसमा नयाँ डिजाइनको डबल स्लेट ग्रिल दिइएको छ । यसमा तीन फरक फरक इन्जिन विकल्पहरू छन् । कम्पनीले डेढ लीटर डीजल, २ लीटर टर्बो पेट्रोल र २.२ लीटर डीजेल इन्जिनको विकल्पका साथ बजारमा थार फाइभ ल्याउने भएको छ ।

महिन्द्रा थार रक्सका भेरियन्ट्स र मूल्य ः

भेरिएन्ट                  पेट्रोल (मूल्य)                           डीजल (मूल्य)
MX1                12.99 (Manual Transmisson)     13.99 lakh  IC(MT)
MX3                14.99 (Automatic Transmission) 15.99 lakh IC(MT)
AX3 L                             -                                   16.99 lakh IC(MT)
MX5                                -                                   16.99 lakh IC(MT)
AX5 L                              -                                   18.99 lakh IC(AT)
AX7 L                              -                                  18.99 lakh IC(MT)       

थार रक्स एमएक्स वान (फीचर्स र इन्धन)

मूल्य: पेट्रोल एमटी - १४.९९ लाख भारू, डिजेल- १५.९९ लाख भारू

थार रक्सको बेस भेरियन्टमा कम्पनीले २.० लिटर टर्बो पेट्रोल इन्धन दिएको छ । यसले १६२ एचपीको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ । पेट्रोल इन्जिन म्यानुअल गियरबक्समा जोडिएको छ। डिजेल विकल्पमा कम्पनीले २.२ लिटर क्षमताको डिजेल इन्जिन दिइएको छ, जसले १५२ एचपीको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ । यो म्यानुअल ट्रान्समिसन गियरबक्ससँग पनि जोडिएको छ।

फीचर्सहरूको बारेमा कुरा गर्दा,एमएक्स वान वाट्स लिङ्केजको साथ मल्टिलिंक रियर सस्पेन्सन सिस्टम दिइएको छ। यसमा ब्रेक लकिङ्ग डिफरेंशियल प्रदान गरिएको छ। यसको वाटर वेडिङ क्षमता ६५० एमएम रहेको कम्पनीले जनाएको छ । इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्टेसनको लागि डुअल १०.२५ इन्च स्क्रिन पाउन सकिन्छ। यसका साथै ड्राइभ सिटको उचाइ मिलाउनकाे लागि पनि सुविधा पाउन सकिन्छ ।

यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेल ल्याम्प, डुअल टोन मेटल टप, १८ इन्चको स्टिल ह्वील, पुश स्टार्ट बटन, ६०:४० अनुपातमा पछाडिको सिट स्प्लिट छन्। भित्र, थार रक्समा केवल ३ ढोका वाला ड्यासबोर्ड छ। तर केही ड्यासबोर्ड र डोर प्याडहरूमा सफ्ट-टच सामग्रीहरू देखिन्छन्। सुरक्षाको कुरा गर्दा सबै यात्रुका लागि थ्री पोइन्टेड सिट बेल्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी), ६ वटा एयरब्याग, ब्रेक लक डिफरन्सियल, इलेक्ट्रोनिक पावर स्टेयरिङ समावेश गरिएको छ ।

थार रक्स एमएक्स थ्री
मूल्य- पेट्रोल एटी- १४.९९ लाख भारू, डिजेल १५.९९ लाख भारू

थार रक्स एमएक्स थ्री मा अघिल्लो एमएक्स वान मोडेलमा प्रदान गरिएका सुविधाहरूको अतिरिक्त ड्राइभिङ मोडहरू (जिप र जुम) र टेरन मोड्स (हिउँ, बालुवा र माटो) समावेश छन्। यसबाहेक रियर क्यामेरा, हिल एक्सेन्ट र डिसेन्ट असिस्ट, ट्र्याक्सन कन्ट्राेल सिस्टम पनि यसमा दिइएकाे छ ।

यसैगरी, पेट्राेल अटाेमेटिक भेरियन्टमा रियर डिस्क ब्रेक पनि दिइएको छ । यो भेरियन्टमा क्रुज कन्ट्रोल, पछाडिको सिटमा आर्म रेस्ट, अटो डिमिङ इन साइड रियर भ्यू मिरर (IRVM) , वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट र स्मार्टफोन चार्ज गर्ने सुविधा रहेको छ ।

थार रक्स एएक्स थ्री एल 
मूल्य : १६.९९ लाख भारू (डिजेल मात्र)

अघिल्लो मोडल एमएक्स थ्री बाहेक, यो भेरियन्टमा एडभान्स ड्राइभिङ असिस्ट सिस्टम(ADAS) सुइट उपलब्ध गराइएको छ। जसले यस एसयूभीको सुरक्षा स्तर अझ राम्रो बनाउने कम्पनीकाे दावी छ। यसमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, डीटीएस साउन्ड स्टेजिङ र अटोमेटिक क्लाइमेट कन्ट्रोल पनि समावेश छ। यो भेरियन्ट हाल डिजेल इन्जिन विकल्पको साथमा आउँदैछ।

थार रोक्स एमएक्स फाइभ
मूल्यः १६.९९ लाख भारू (डिजेल मात्र, म्यानुअल)

थार रक्सको एमएक्स फाइभ भेरियन्ट हाल डिजेल म्यानुअल भेरियन्टमा उपलब्ध छ। एएक्स थ्री एल बाहेक यसमा सी आकारको एलइडी डे टाइम रनिङ लाइट, १८ इन्च एलोय ह्वील, सिंगल प्यान सनरुफ, लेदर सिट र स्टेयरिङ ह्वील कभर, एम्बियन्ट लाइटिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), अटो हेडलाइट र वाइपर, फ्रन्ट पार्किङ आदि छन्। यस भेरियन्टमा फोर ह्वील ड्राइभ (4*4) सेन्सरहरू उपलब्ध छन्। यसमा इलेक्ट्रोनिक लक डिफरेंशियल पनि उपलब्ध हुनेछ।

थार रक्स एएक्स फाइभ एल, एएक्स ७

मूल्यः १८.९९ लाख भारू (डिजेल मात्र, म्यानुअल)

डिजेल इन्जिनमा मात्र आउने यी दुई भेरियन्टहरू एएक्स फाइभ एल (AX5 L) मोडेल अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। अघिल्लो मोडलमा प्रदान गरिएका सुविधाहरूको अतिरिक्त, AX5 Lमा इलेक्ट्रोनिक पार्किङ ब्रेक छ।

तर AX5 L भेरियन्ट म्यानुअल ट्रान्समिसनसँग आउँछ। त्यस्तै, AX5 L भेरियन्टमा कम्पनीले पानोरामिक सनरुफ, १९ इन्च एलोय ह्वील, ६-वे एडजस्टेबल ड्राइभिङ सिट, भेन्टिलेटेड फ्रन्ट सिट, कुल्ड ग्लोभ बक्स, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर, पावर फोल्डिङ आउट सिट, कुल्ड उपलब्ध गराएको छ । ग्लोभ बक्स, ३६० -डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर, पावर फोल्डिङ आउट साइड रियर भ्यू मिरर (ओआरभीएम), हरमन कर्डनका ९ स्पिकर जस्ता सुविधाहरू उपलब्ध छन्। यस शीर्ष भेरियन्टमा, कम्पनीले सबै ह्वील ड्राइभ प्रणाली पनि उपलब्ध गराएको छ जुन स्मार्ट क्रल प्रणालीसँग आउँछ। यो एक प्रकारको अफ-रोड क्रूज कन्ट्रोल सिस्टम हो जसकाे प्रयोग प्रतिघन्टा २.५ किमी देखि प्रतिघन्टा ३० किमीको बीचमा गर्न सकिन्छ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।