प्रहरीको साइबर ब्युरोले आर्टिफिसियल इन्टेलिजेन्सकाे सहयाेगमा मेयर शाह तथा उपमेयर डंगाेलकाे चुम्बन गरेकाे भिडियाे सार्वजनिक गरेकाे आरोपमा ती युवकलाई नियन्त्रणमा लिएकाे हाे । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हाे। उनी सिन्धुपाल्चोकका मेडिकल व्यवसायी हुन् ।
केहि दिनअघि मात्र, मेयर बालेन र उपमेयर डंगोलकाे एक फेक भिडियाे सामाजिक संजालमा भाइरल भएकाे थियाे । एक सार्वजनिक समाराेहमा खिचिएकाे भिडियाेलाई ताेडमाेड गरेर उक्त एआइ भिडियाे बनाइएको थियाे। त्यसविरुद्ध, उपमेयर डंगाेलले कारवाहीकाे माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
यसअघि, पनि ती युवकले अन्य फेक भिडिओ बनाउने गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री आरजु राणाकाे पनि भिडियाे बनाइ सकेका छन् । यसैगरी, तीन पार्टीका प्रमुख नेताहरु नाचेकाे भिडियाे पनि ती युवकले नै बनाएकाे प्रहरीकाे भनाइ छ ।