Wed, Aug 28, 2024
अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो।
कम्पनीले शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
याे लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन।
आनन्दकुमार भट्टराई
शेयर बजारलाई बिभिन्न तत्वहरुले असर गरिरहेको हुन्छ ।