त्यसैगरी समूह परिसूचकमा सबैभन्दा बढी अन्य समूह ११.८५ प्रतिशतले घटेको छ भने सबैभन्दा कम माइक्रोफाइनान्स समूह ६.१२ प्रतिशतले घटेको छ ।
बजार घट्दो क्रममा रहँदा कुनै कुनै कम्पनीको शेयर मूल्यमा भने २० प्रतिशत भन्दा माथिको गिरावट आएको छ । मेरो लगानीले ३ हजारको टप लगाएर बजार झरेपछि सबैभन्दा धेरै गिरावट आएका २० कम्पनीको सूची तयार पारेको छ । सबैभन्दा धेरै मूल्य झरेको टप २० कम्पनीहरुमा १४ वटा हाइड्रोपावर कम्पनीहरु, २ वटा माइक्रोफाइनान्स कम्पनी, इन्भेष्टमेन्ट, होटल र फाइनान्स समूहका क्रमशः एक एक कम्पनी परेका छन् ।
शेयर बजारको समग्र मापक नेप्से परिसूचक ३ हजारको विन्दुमा हुँदा १२ सय ६३ रुपैयाँ रहेको चन्द्रागिरी हिल्स लिमिटेडको शेयर बिहीबार १ हजार रुपैयाँमा अन्तिम कारोबार भयो । माथिल्लो विन्दुमा चन्द्रागिरीको शेयर मूल्यमा २०.८२ प्रतिशतले गिरावट आएको छ । चन्द्रागिरी हिल्सको संस्थापकहरुको लकिङ पिरियड खुलेपछि ७ सयभन्दा मुनिको विन्दुसम्म पनि गएको थियो ।
जाल्पा र किसान लघुवित्त मर्जर भएर बनेको मातृभूमी लघुवित्त दोस्रो धेरै घट्ने कम्पनी परेको छ । कम्पनीको शेयर माथिल्लो विन्दुबाट १९.११ प्रतिशतले घटेको छ । ३ हजारमा नेप्से हुँदा १६ सय ८२ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य बिहीबार १३ सय ६१ रुपैयाँमा अन्तिम कारोबार भयो ।
हकप्रद निष्काशनपछि घटेर १ सय ६० रुपैयाँभन्दा तल कारोबार भएको अपर तामाकोशीको शेयर मूल्यले नेप्से ३ हजार हुँदा २ सय ८६ रुपैयाँसम्म कारोबार भएकोमा बिहीबार ३ सय ३५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भयो । कम्पनीको शेयर मूल्यमा १७.५५ प्रतिशतको गिरावट देखिएको छ ।
त्यसैगरी मैलुङ हाइड्रोपावरमा १७.५४ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स १७.३४ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल १७.२ प्रतिशत, सम्पदा लघुवित्त १६.८३ प्रतिशत, अपर स्याङे हाइड्रोपावर १६.५७ प्रतिशत, शिवश्री हाइड्रोपावर १६.१५ प्रतिशत, नेसनल हाइड्रोपावर १६.१३ प्रतिशत, सानिमा माई हाइड्रोपावर १६.११ प्रतिशत र युनिभर्सल पावर १६.०२ प्रतिशतले घटेको छ ।
त्यस्तै शुभम पावरको शेयर मूल्यमा १५.७२ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्समा १५.६४ प्रतिशत, अरुण काबेली पावरमा १५.४१ प्रतिशत, मोदी इनर्जीमा १५.४० प्रतिशत, आँखुखोला जलविद्युत १५.३० प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक १५.१६ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर १५.१३ प्रतिशत र पाँचथर पावर कम्पनीमा १५.११ प्रतिशतले गिरावट आएको छ ।
समग्र नेप्से परिसूचक ९ प्रतिशतले गिरावट भए पनि केही कम्पनी भने नेप्से परिसूचकको घटाई भन्दा पनि उच्च गतिले घटेका छन् । आगामी दिनमा मूल्य बढ्दा पनि उच्च गतिले घट्ने लगानीकर्ताले दाबी गरेका छन् ।