आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

Sep 05, 2024 11:05 AM Merolagani



आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ (RMF1) र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

भदौ २० गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।