सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल घोषणा

Sep 01, 2024 11:00 AM Merolagani



सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

सानिमा इक्विटी फण्ड (SAEF) ले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो छ भने सानिमा लार्ज क्याप फण्ड (SLCF) ले १० प्रतिशत र सानिमा ग्रोथ फण्ड (SAGF) ले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी सबै फण्डहरुको कोष प्रबद्र्धक सानिमा बैंक रहेको छ।




comments powered by Disqus

परराष्ट्र मन्त्री डा. आरजु राणाको भ्रमण लगत्तै भारतद्वारा नेपाली सिमेन्ट निकासीमा ‘अघोषित अवरोध’, नेपाल भारत सम्वन्ध के होला?

Aug 30, 2024 06:00 AM

भारतले नेपालमा उत्पादित समानहरुलाई आफ्नो देश प्रवेशमा ‘अघोषित अवरोध’ गर्न थालेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा भारत भ्रमणबाट फर्किएको १५ दिन नवित्दै सिमा नाकाहरुमा कडाई गर्दै नेपालमा उत्पादित समान आफ्नो देशमा प्रवेश गर्न अवरोध गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।