Thu, Sep 12, 2024
अब रेष्टुरेन्ट लगायतका सेवाको विल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत कर छुट पाइने भएको छ। आन्तरिक राजस्व विभागले मदिरा पिउने केन्द्र, चमेनागृह र सबै प्रकारका होटलबाट प्रदान हुने सेवाको बिल भुक्तानीमा छुट दिने निर्णय गरेको हो।
तीन प्रकारका बस्तु तथा सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्दा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता दिने व्यवस्था गरिएको छ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा अधिकाँश कम्पनीको रिटर्न एकदमै कम छ। धेरै कम्पनीको रिटर्न १० प्रतिशत भन्दा पनि कम छ।