दैनिक रेकर्ड बनाएर बढीरहेकाे सुनकाे मूल्य बुधबार घट्याे

Apr 02, 2025 10:59 AM Merolagani



चैत २० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हाे । पछिल्लाे चार दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाएर बढीरहेकाे सुनको मूल्य यस दिन घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM

बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।