सातामा करिब २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 19, 2025 06:19 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६७०.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.९५ प्रतिशत अर्थात ५२.०३ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १२.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.२७ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब २२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५५.९३ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ७९.०६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३६.६४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.२० प्रतिशत बढेको छ। गत साता १०९.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७.८७ अंक बढेर ११७.२४ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२,२६३.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३१.६४ अंक बढेर १२,५९५.३५ विन्दुमा पुगेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०८ प्रतिशत घटेको छ। गत साता ४६५५.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९७.०१ अंक घटेर ४५५८.५४ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ४६.३७ प्रतिशत बढेको छ। गत साता ४०२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस साता ५८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि ४६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १६.८८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८, राष्ट्रिय बीमा कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बलेफी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सिन्धु विकास बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।