सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

May 24, 2025 06:09 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६११.८५ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९४ प्रतिशत अर्थात ७६.७० अंक बढेर २६८८.५५ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स १७.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६२ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ६.६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १६.५३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २९ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ७.१८ प्रतिशत बढेको छ। गत साता १३०१.८२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९३.४२ अंक बढेर १३९५.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता अन्य र लघुवित्त उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२ हजार ३२६.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४१.८ अंक बढेर १२ हजार ५६८.३९ विन्दुमा पुगेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक १.९७ प्रतिशत घटेको छ। गत साता ४३८९.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८६.४९ अंक घटेर ४३०२.८६ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा एमबिएल इक्विटी फण्डको १२ करोड १६ लाख २५ हजार ३३० इकाई सूचीकृत भएको हो।

यस साता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ६१ प्रतिशत बढेको छ। गत साता ६३६ रुपैयाँ २० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार २४ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै, यस साता सिन्धु विकास बैंकको शेयरमूल्य पनि २७.६९ प्रतिशत बढेको छ। कारोबारमा आएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस साता सर्वाधिक १२.५३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ओम मेगाश्री फर्मास्यूटिकल्स, मिड सोलु हाइड्रोपावर, समाज लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने तारागाउँ रिजेन्सी होटल, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, शिवम् सिमेन्ट्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।