सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 26, 2025 05:59 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७२२.७३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.३८ प्रतिशत अर्थात ६४.७१ अंक घटेर २६५८.०२ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६९ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब २० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.३० प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ९.६० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.१५ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ६ अर्ब रुपैयाँ घटेर ४४ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। गत साता ७०९३.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १११.७० अंक बढेर ७२०४.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढको छ।

कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ। गत साता ५६७७.३२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७०.०३ अंक घटेर ५४०७.२९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २७६.११ अंक घटेको छ।

यस साता नेप्सेमा एनएमबि हाइब्रिड फण्ड एल २ को १३ करोड ६४ लाख ८४ हजार इकाई र एभरेष्ट बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ।

यस साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६१ प्रतिशत बढेको छ। गत साता ५८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस साता ९४७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६१ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य यस साता सर्वाधिक १४.०२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, मेगा म्युचुअल फण्ड १, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बलेफी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सिन्धु विकास बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।