नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा CG मोटर्सको XPENG G6 ले फुटबलर कार्लोसको सम्पूर्ण नेपाल यात्रालाई सहज, सुरक्षित र सम्मानजनक बनाउँदै लिगको समग्र मूल्य वृद्धिमा योगदान पुर्याउनेछ।
यस अवसरमा XPENG G6 र फुटबलर कार्लोस बीचको प्रतीकात्मक समानता उल्लेखनीय छ। G6 उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको समायोजन हो, जसरी कार्लोस आफैं तीव्रता, रणनीति र प्रेरणादायी उपस्थिति सहित मैदानमा उत्रिन्थे। ० देखि १०० किलोमिटर प्रति घण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको रेन्ज दिने क्षमता भएको XPENG G6, नव प्रवर्तन र गतिशीलताको प्रतीक बनेको छ-उस्तै गुणहरू जसले रोबर्टो कार्लोसलाई विश्व फुटबलमा एक दिग्गजका रूपमा स्थापित गरे। Xpeng G6 लाई एक उत्कृष्ट इलेक्ट्रिक गाडीको रूपमा चिनिन्छ, जसले ५-स्टार NCAP सुरक्षा रेटिङ पाएको छ। यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० kW मोटर र ४४० Nm टर्क उपलब्ध छ।