गभर्नर छनौट समितिकाे सदस्यमा महाप्रसाद अधिकारीको ‘इण्ट्री’ !

Apr 25, 2025 06:01 AM Merolagani



सरकारी अर्कमण्यताको कारण बल्झिएको गभर्नर नियुक्ति प्रकरणसंग जोडिएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको छ ।

यही अन्योलका बीच गभर्नर छनौट समितिका ३ जना मध्येका एक जना सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारीको ‘इण्ट्री’ अनिवार्य देखिएको छ । उनले चाहे पनि, नचाहे पनि त्यसमा ‘नाई’ भन्न नसक्ने अवस्था सृजना भइरहेको छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १५ का अनुसार गभर्नर नियुक्तिको लागि अर्थमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय समिति गठन हुनुपर्छ, जसमा एकजना पूर्व गभर्नर र एकजना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट एकजना सदस्य भएको हुनु पर्ने उल्लेख छ । त्यही अनुसार सरकारले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा पूर्व गभर्नरमध्येबाट भट्टराई र लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट कांग्रेस कार्यकर्तासमेत रहेका डा.विश्व पौडेललाई सदस्य बनाएर सिफारिस समिति गठन गरेको थियो ।

तर, समितिका अध्यक्ष रहेका अर्थमन्त्री पौडेलले बैठक एक पटक पनि नराखेको र स्वतन्त्र ढंगले सिफारिस गर्ने अवस्था नदेखेको भन्दै भट्टराईले राजीनामा दिएपछि पूर्वगभर्नर मध्येबाट कसले उनको ठाउँ लेला भन्ने प्रश्न उठेको छ । यस्तो अवस्थामा उक्त समितिमा रहनयोग्य एक मात्र पात्र देखिएका छन्—निवर्तमान गभर्नर महाप्रसाद अधिकारी ।

हालसम्म गभर्नर भएका १७ जनामध्ये अहिले अधिकारी र भट्टराईसहित, डा.चिरन्जिवी नेपाल, डा. युवराज खतिवडा, दिपेन्द्र बहादुर क्षेत्री, दिपेन्द्रपुरुष ढकाल, डा. तिलक रावल, गणेशबहादुर थापा र सत्येन्द्रप्यारा श्रेष्ठ जिवित छन् । यीमध्ये श्रेष्ठ र थापा वृद्धावस्थाको कारण समितिमा बस्न सक्ने अवस्थामा छैनन् भने क्षेत्री माओवादी भएकोले अहिलेको गठवन्धन अनुसार उनलाई समितिमा राखिने सम्भावना देखिदैन । ढकाल र नेपाल दुवै जना कांग्रेसी पृष्ठभूमीका हुन् । कांग्रेसको कार्यकर्ता नै रहेका डा.विश्व पौडेल पहिले नै सदस्य रहेकोले उनीहरुलाई समितिमा उनीहरुलाई राखिने सम्भावना छैन भन्दा फरक पर्दैन । त्यसमाथि नेपाल त लिपुलेक सम्वन्धि विवादास्पद अभिव्यक्तिको कारण तत्कालिन प्रमुख प्रतिपक्षी दलका नेता तथा हालका प्रधानमन्त्री केपी ओलीको दवावकै कारण राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट राजिनामा दिन वाध्य पारिएका थिए । ओली अहिले पनि डा.नेपालको नाम सुन्न समेत चाहाँदैनन्, त्यसैले उनी गभर्नर छनौट समितिको सदस्य हुने सम्भावना अलिकति पनि छैन ।

डा.तिलक रावल कांग्रेस छोडेर मधेसी जनअधिकार फोरमबाट सांसद भएपछि अहिले निस्कृय जीवन विताइरहेका छन् । उनी हुने सम्भावना पनि देखिदैन ।

बांकी रहे खतिवडा र अधिकारी । झण्डै ३ वर्ष अर्थमन्त्री भैसकेका खतिवडा अहिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार छन् । पूर्व गभर्नर, पूर्व अर्थमन्त्री र गभर्नर छनौट कार्यका मुख्य खेलाडी भए पनि खतिवडा समितिमा बस्न इच्छुक छैनन् । सोझै स्वार्थ देखिने भएकोले उनी बाहिरैबाट प्रभाव पार्न चाहन्छन् ।

त्यो अवस्थामा अन्तिम विकल्प भनेको निवर्तमान गभर्नर अधिकारी नै हुन् । अर्थमन्त्रालयक अधिकारीहरु अधिकारी वाहेक अरु कुनै पूर्व गभर्नर छनौट समितिको सदस्य हुने सम्भावना नै नहरेको बताउंछन् । ‘सरकारको र उहाँको चाहाना भन्ने कुरा नै भएन, उहाँबाहेक अरु विकल्प नै रहेन’ अर्थमन्त्री पौडेल निकट एक अधिकारीले मेरो लगानीसंग भने ।

 




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।