नाफासँगै बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Apr 25, 2025 10:22 AM Merolagani



सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.८५ प्रतिशत बढेको छ भने कुल आम्दानी १७.८३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २०.१६ प्रतिशत र कुल खर्च १७.६० प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा बढेर ७ रुपैयाँ ८७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.९० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३९ करोड १९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ।




उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।