भारत पाकिस्तानबीच फेरि युद्ध चर्कने सम्भावनाः पहलगाम हत्याकण्डपछि सिन्धु जल सम्झौता मुख्य कारण बन्दै

Apr 25, 2025 04:12 PM mero lagani



परम्परागत दुस्मन भारत र पाकिस्तान फेरि एक पटक रणमैदानमा उभिएका छन् । कुनै पनि बेला युद्धको घोषणा हुनसक्ने देखिएको छ ।

त्यसको कारण बनेका छन-जम्मू–कश्मीरको पहलगाममा उग्रपंथी आक्रमण र त्यसपछि भारत सरकारले घोषणा गरेको सिन्धु जल सम्झौता स्थगन गर्ने निर्णय ।

उक्त सम्झौता भएयताका आठ दशकमा भारतले पहिलो पटक उक्त सम्झौता स्थगन गर्ने निर्णय गरेको छ ।

पाकिस्तान भारतका हरेक कुरा मान्न तयार हुन सक्छ, तर सिन्धु जल सम्झौता स्थगनको कुरा मान्न तयार हुँदैन । किनकी उक्त सम्झौता पाकिस्तानको ‘लाइफलाइन’ हो, जसकाे विना पाकिस्तानको १७ लाख हेक्टर उव्जाउ भूमीमा सिँचाई सम्भव छैन भने खानेपानीका कैयौं स्रोतहरु पनि बन्द हुनेछन् ।

यही कुरा बुझेर नै भारतले २६ जनाको ज्यान जानेगरि भएको पहलगाम घटनामा पाकिस्तानी सरकारको हात रहेको आरोप लगाउँदै पाकिस्तानी नागरिकको भिषा रद्ध र सिन्धु जल सम्झौता स्थगनको निर्णय गर्यो । अर्थात् भारतले पाकिस्तानलाई पानी पिउन पनि नदिने घोषणा गर्यो । यद्धपी पाकिस्तानले भारतीय आरोपको कडा खण्डन गरेको छ र भारतका अनावश्यक आरोपहरुको सामु नझुक्ने अडान लिएको छ ।

पाकिस्तानका चर्चित पत्रकार तथा विश्लेषक नजम सेठी भारतले सिन्धु जल सिन्धी स्थगित गर्नु युद्धको घोषणा गरेकै बराबर भएको बताउँदै अब पाकिस्तानले त्यसको जवाफ कहिले दिन्छ भन्ने कुराले युद्धको औपचारिक शुरुवात कहिले हुन्छ भन्ने निर्धारण गर्ने बताउँछन् ।

पाकिस्तान सरकारले भारत सरकारको निर्णयमा आपत्ति जनाएको छ र उस्ले भारतलाई कडा जवाफ दिने बताएको छ । कडा जवाफ भनेको के हो ? त्यो भने उसले केही वताएको छैन । तर, विश्लेषकहरु भारतले सिन्धु जल सन्धी स्थगन गर्ने प्रस्ताव फिर्ता नलिए पाकिस्तान युद्धको तहसम्म जान सक्छ । पाकिस्तान तहरीक ए इंसाफ (पीटीआई)का नेता र पाकिस्तानका पूर्व सूचना तथा प्राविधिक मन्त्री चौधरी फवाद हुसैनले भनेका छन् कि अन्तर्राष्ट्रिय कानूनका अनुसार भारत यस्तो गर्न सक्दैन । यदि भारतले पाकिस्तानमाथि कुनै आक्रमण गर्छ वा कुनै समस्या सृजना गर्छ भने त्यसको जवाफ उसले पाउनेछ ।

बिहीबार बिहान भएको राष्ट्रिय सुरक्षा समितिको बैठक पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अन्तर्राष्ट्रिय कानूनहरू अन्तर्गत भारतको लागि सिन्धु जल सन्धीमा रोक लगाउनु असम्भव भएको बताउँदै त्यसको उचित जवाफ दिने घोषणा गरेका छन् ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनेको ‘सिन्धु जल सम्झौतामा पाकिस्तानलाई आउने पानी कुनै पनि प्रकारले रोकिएमा वा मोडिएमा यसलाई युद्धको रूपमा लिइनेछ र पूर्ण शक्तिका साथ जवाफ दिइनेछ ।’

सिन्धु जल सम्झौता के हो ?

ब्रिटिश शासनकालमा क्षिण पंजाबको सिन्धु नदीको घाटीमा ठूलो नहरको निर्माण गरिए । त्यसपछि यो क्षेत्र दक्षिण एशियाककै नमुना कृषि उत्पादन क्षेत्र बन्यो ।

भारत र पाकिस्तानको बीचको विभाजनको समयमा जब पंजाब विभाजित गरियो, यसको पूर्वी भाग भारतको पास र पश्चिमी भाग पाकिस्तानको पास गयो ।

देश विभाजनको समयमा सिन्धु नदीको घाटी र यसको विशाल नहरहरू पनि विभाजित गरिए । तर यसबाट हुने पानीको लागि पाकिस्तान पूर्ण रूपमा भारतमाथि निर्भर थियो ।

पानीको प्रवाहलाई कायम राख्नको उद्देश्यले पूर्व र पश्चिम पंजाबका प्रमुख इन्जिनियरहरू बीच २० डिसेम्बर १९४७ मा एक सम्झौता भयो । यही सम्झौता नै सिन्धु जल सन्धी हो ।

सन्धिको प्रावधान के के छन् ?

सम्झौताका अनुसार, सिन्धु घाँटीको पश्चिम क्षेत्रका सिन्धु, झेलम र चिनाब नदीहरूको पानी पाकिस्तानका लागि र पूर्वी क्षेत्रका रावी, ब्यास र सतलुज नदीका पानी भारतले उपयोग गर्दै आइरहेका छन् । तर, पानीको वहाव पूर्वी क्षेत्रमा बढी भएकोले भारतले सन्धीबाट बढी फाइदा लिने गरेको थियो । त्यही अनुसार अहिले पाकिस्तानतर्फ बगिरहेका नदीहरुका स्रोतलाई पनि अवरोध गर्ने गरि भारतले उक्त सम्झौता स्थगन गर्ने निर्णय गरेको हो, जसले गर्दा पाकिस्तानमा हाहाकारको अवस्था सृजना भएको छ ।

विश्लेषक नजम सेठी भन्छन् भारत पानीलाई रातारात रोक्न नसक्ने बताउँदै त्यसको लागि भारतलाई कम्तिमा पाँचदेखि १० वर्ष लाग्ने दावी गर्छन् । ‘यदि भारतले हामीसँग निहुँ खोज्छ भने चीनले पनि भारतसँग यस्तै गर्न सक्छ । भारत इसराइल होइन र हामी फलस्तीन होइन । भारतसँग हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न पाकिस्तान सक्षम छ,’ उनी भन्छन् ।

पाकिस्तानका रक्षा विश्लेषक सैयद मोहम्मद अली यदि भारतले पानीकोमार्फत आफ्नो देशको कृषि क्षेत्रलाई नष्ट गर्यो भने यो यस्तो क्षति हुनेछ, जसको भुक्तान धेरै कठिन हुने भएकोले भारतसँग युद्ध गर्नुको विकल्प नहुने बताउँछन् ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।