शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा काँग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्याण्ड भ्रमणबाट शुक्रवार फर्किएसँगै सञ्चारकर्मीहरुसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिए ।