यी हुन सबैभन्दा सस्ता ३० कम्पनी (सूचीसहित)

Apr 30, 2025 06:11 AM MeroLagani



विभिन्न बहानामा शेयर बजार दिनानुदिन घट्दै गएको छ । पछिल्लो स्वीङमा २९ सयमाथिसम्म पुगेको बजार पुनः २६ सय मुनि आउन लागेको छ । बजारमा हरेक पटक लोअर विन्दुमा पुग्दा सस्ता कम्पनीहरुमा एउटा सानो बाउन्स ब्याक आउने गरेको छ ।

बजारमा उच्च विन्दु् कुन हो र न्यून विन्दु कुन हो भन्ने यकिनसाथ भन्न नसकिए पनि अहिले ३ सय भन्दा मुनि कारोबार भइरहेका कम्पनीहरु किनेर बस्दा ठूलो घाटाको सामना गर्नु नपर्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय न्यून चुक्ता पुँजी भएका कम्पनीहरुले बजारमा उच्च मूल्य पाउने गरेका छन् भने उच्च चुक्ता पुँजी भएका कम्पनीहरुले न्युन मूल्य पाउने गरेका छन् । अहिले न्यून चुक्ता पुँजी भएका कम्पनीहरुको शेयर उच्च मूल्यमा कारोबार भइरहेको छ । तसर्थ उच्च चुक्ता पुँजी भए पनि न्यून विन्दुमा कारोबार भइरहेका कम्पनीहरुमा कहिलेकाही कारोबारीको आँखा पर्ने गरेको छ । अहिले अधिकांश वाणिज्य बैंक समूहका कम्पनीको शेयर मूल्य ३ सय भन्दा मुनि छ भने त्यस्तै लगानी समूहका निफ्राको शेयर मूल्य समेत ३ सय भन्दा मुनि नै छ ।

बजारमा फाइनान्स समूह र विकास बैंक समूहका केही कम्पनीको शेयर मूल्य एकदमै उच्च छ भने त्यस्तै लगानी समूह अन्तर्गत पनि एचआइडीसीएल र निफ्रा बाहेकका कम्पनीहरु १ हजार भन्दा मुनि पाइँदैन । यहाँ मेरोलगानीले ३ सय रुपैयाँमा भन्दा मुनि कुन कुन कम्पनीहरु छन, सूचीकृत गर्ने कोशिस गरेको छ ।

३ सय भन्दा कम्पनीहरु खोज्दा १९ वटा वाणिज्य बैंकमा १३ वटा बैंक ३ सय रुपैयाँ भन्दा मुनि कारोबार भइरहेका छन् । त्यस्तै जलविद्युत समूहतर्फ ९१ कम्पनीमध्ये १६ वटा कम्पनी मात्रै ३ सय रुपैयाँ मुनि पाइरहेको छ भने लगानी समूहतर्फ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मात्रै ३ सय रुपैयाँ मुनि पाइएको छ भने उत्पादनमूलक समूहतर्फ नेपाल ल्युब आयल मात्रै ३ सय रुपैयाँ मुनि कारोबार भइरहेको छ ।

अहिले नेप्सेमा सूचीकृत कम्पनीमध्ये कुमारी बैंक, प्रभु बैंक र अपर तामाकोशी हाइड्रोपावर २ सय रुपैयाँ भन्दा पनि मुनि गएर कारोबार भइरहेका छन् । त्यसमध्ये वाणिज्य बैंक समूहका कुमारी बैंक र प्रभु बैंक २ सय रुपैयाँ मुनि छन् । ३ सय मुनि कारोबार भइरहेका वाणिज्य बैंकमध्ये पनि सरकारी लगानीमा स्थापित कृषि विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी २ सय ८१ रुपैयाँ ९ पैसा रहेको छ भने अर्को सरकारी लगानीको नेपाल बैंक भने २ सय ४० रुपैयाँ ३ पैसामा कारोबार भइरहेको छ ।

२ सयदेखि २ सय २५ को रेन्जमा अहिले सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माचापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंकको शेयर कारोबार भइरहेका छन् भने २ सय २५देखि २ सय ५० रुपैयाँको रेञ्जमा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंकको मात्रै कारोबार भइरहेका छन् । २ सय ५० रुपैयाँ भन्दा माथि शेयर मूल्य रहेको बैंकमा सिद्धार्थ बैंक र कृषि विकास बैंकको मात्रै रहेका छन् ।

यता हाइड्रोपावरमा अपर तामाकोशी सबैभन्दा सस्तो शेयर रहेको छ । हाइडङोपावर समूहको सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी अहिले सबैभन्दा सस्तो मूल्यमा कारोबार भइरहेको छ । त्यसपछि हिमाल दोलखा हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, बलेफी हाइड्रो र लिबर्टी इनर्जी २ सय २५ रुपैयाँ भन्दा तल कारोबार भइरहेको छ । २ सय २५ देखि २ सय ५० रुपैयाँको रेञ्जमा नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, अरुण काबेली पावर, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर कारोबार भइरहेको छ । २ सय ५० रुपैयाँभन्दा माथि भने घलेम्दी हाइड्रो, सिंगटी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, ग्रिनलाइफ हाइड्रोपावर, अपि पावर र अरुण भ्याली हाइड्रोपावरको कारोबार भइरहेको छ ।




थाहा पाउनेले जति पनि डिम्याट खाता खोल्दै, केही लगानीकर्ताले भने ब्रोकरलाई दुईको नियम देखाएर यसरी ठग्दै

Apr 28, 2025 05:51 AM

सुवास निरौला

विकास थापा(नाम परिवर्तित)ले केही समय अघि ब्रोकर नम्बर १ कुमारी सेक्युरिटीजमा शेयर किन्ने भन्दै टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम)खाता खोले।