नाफासँगै बढ्यो सिवाईसी नेपाल लघुवित्तको प्रतिशेयर आम्दानी

Apr 30, 2025 02:02 PM Merolagani



सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.९४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४३३.३५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २३.९० प्रतिशत र सञ्चालन मुनाफा १२३.९९ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९४ पैसा बढेर २७ रुपैयाँ ९६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.९९ गुणा रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ३२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले चैत मसान्तसम्ममा ५ अर्ब ३० करोड ९८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।