खराब कर्जा बढेपछि इन्फिनिटी लघुवित्तको नाफा घट्यो

May 06, 2025 09:45 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.१९ प्रतिशत बढेको छ भने अन्य खुद फि तथा कमिशन आम्दानी १६.५५ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.१२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९८.७४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेको छ। यससँगै गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५५ लाख रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९४ पैसा घटेर १६ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५ हजार ५०९.७५ गुणा रहेको छ।

४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब २ करोड ७४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।