योग्यता विवादमा गुणाकर भट्टको पक्षमा सर्वाेच्चको आदेश, गभर्नर नियुक्तिको बाटो खुला

Apr 30, 2025 06:27 PM mero lagani



नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै परेको पूरक निवेदन सर्वोच्च अदालतको इजलासले अस्वीकार गरेको छ ।

योसंगै भट्टलाई गभर्नर नियुक्ति गर्न सरकारलाई बाटो खुलेको छ । सत्तारुढ नेपाली कांग्रेस र एमाले नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमति भइसकेको राजनीतिक वृतमा चर्चा छ ।

बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो । अभिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा वैशाख ५ गते पूरक निवेदन दर्ता गराएको थिए ।

भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको छैन । उनले राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीको व्यवस्था पूरा गरी राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत गरेकी छैनन् ।

भट्टलाई गभर्नर बनाउने सहमति भएको र उनले राजीनामा दिएको समाचारसँगै अधिवक्ताद्वय थापा र उप्रेतीले उमेरहद सम्बन्धी रिटमा नै गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै पूरक निवेदन दर्ता गराएका थिए । बहालवाला कार्यकारी निर्देशकको गभर्नरको लागि योग्यता नपुग्ने भन्दै पूरक निवेदन सर्वोच्च प्रशासनले दर्ता गरे पनि इजलासले स्वीकार नगरेको हो ।




थाहा पाउनेले जति पनि डिम्याट खाता खोल्दै, केही लगानीकर्ताले भने ब्रोकरलाई दुईको नियम देखाएर यसरी ठग्दै

Apr 28, 2025 05:51 AM

सुवास निरौला

विकास थापा(नाम परिवर्तित)ले केही समय अघि ब्रोकर नम्बर १ कुमारी सेक्युरिटीजमा शेयर किन्ने भन्दै टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम)खाता खोले।