‘‘म फेरि फेल भए ३२ सय कट्न कसैले रोक्न सक्दैन’’

May 07, 2025 06:23 PM Merolagani



बुधबार शेयर बजार उत्साहजनक रुपमा वृद्धि भएको छ । साईडवयजमा रहेको बजार एकाएक उच्च अंकसहित बढेको हो ।

यसदिन नेप्से सूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ । १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ वटा उपसमूह बढेका छन् ।

बुधबारको बजारमा कारोबारमा आएका धेरैजसाे कम्पनीको मूल्य बढेको छ । यसले आम लगानीकर्तामा आशाको दियो बालेको छ । सिमित कम्पनी मात्रै चलेको भए अप्रेटरले चलाएको भन्न सकिने थियो । हाई लो क्या सबै बढ्दा बजार बढ्ने सुरु गरेको लगानीकर्ताको बुझाई छ ।

बजारमा बढ्न गाह्रो मानेको बैंक तथा वित्तीय सस्थाको योगदान धेरै रहेको छ । अर्को तर्फ बैंककाे शेयर बढेपछि बिक्री चाप आउने हो कि भन्ने डर लगानीकर्तामा छ । तर यस भन्दा पहिले चालु आर्थिक वर्षको मौद्रिक नीति आउनु पूर्बको बैंकको संकेत हो भने ३२ सय कट्न कसैले रोक्न नसक्ने बुझाई छ ।

 




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।