चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा यस लघुवित्तले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ३२.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
इम्पेरिमेन्ट चार्ज घट्दा लघुवित्तको नाफा वृद्धिमा टेवा पुगेको हो । लघुवित्तले एक करोड २८ लाख ८४१ रुपैयाँ इम्पेरिमेन्ट चार्ज व्यवस्थापन गरेको छ ।
लघुवित्तको ब्याज आम्दानीमा सामान्य बढेको देखिन्छ । समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २० करोड ६४ लाख रुपैयाँ पुगेकाे छ । साथै लघुवित्तको सञ्चालन आम्दानी १२ करोड २ लाख रुपैयाँ छ भने वितरण योग्य मुनाफा १८ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
सार्वजनिक भएको वित्तिय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ १४ पैसा छ । निष्कृय कर्जा अनुपात २.६० प्रतिशत रहेको छ । चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ ।
चालु आर्थिक वर्षको ९ महिनामा ३७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३९ अर्ब २८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।