चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो।
कम्पनीको आम्दानी बढेसँगै खुद नोक्सानीमा घटेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २७ करोड ५७ लाख रुपैयाँबाट बढेर ७१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७३ लाख ६१ हजार रुपैयाँ धनात्मक भएको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ८० पैसा रहेको छ।
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।