शेयर बजारमा जमेका विश्व सुन्दरीहरु

Jun 01, 2025 11:39 AM mero lagani



७२ औं मिस वल्र्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् ।

शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फाइनलमा उनले उपाधि जितिन् ।
कुटनीतिक क्षेत्रमा काम गर्ने सोंच बनाइकी ओपल थाइल्याण्डबाट मिस वल्र्ड जित्ने प्रथम महिला हुन् ।

‘ग्ल्यामरको दुनिया’को रुपमा चर्चित रहेका मिस वल्र्ड लगायतका सुन्दरी प्रतियोगिताहरु जितेपछि धेरै जसो त्यही क्षेत्र अर्थात् फिल्म र मोडलिङको क्षेत्रमा सक्रिय हुन्छन् । तर, विश्वमा त्यस्ता केही सुन्दरीहरु पनि छन्, जस्ले प्रतियोगिताहरु जितेपछि शेयर बजारमा आफ्नो ‘क्यारियर’ बनाए । यहाँ तिनै सुन्दरीहरुको बारेमा सर्सती जानकारी दिइएको छ ।

डोनिया हामेद (मिस इजिप्ट २०१०)

डोनिया हामेदले मिस इजिप्ट २०१० को उपाधि जितेपछि मिस युनिभर्स २०१० र मिस वल्र्ड २०११ मा प्रतिस्पर्धा गरिन् । उनले शेयर बजारमा पनि करियर बनाएकी छन्।

डेढ दशक अघि ‘इजिप्ट सुन्दरी’ को उपाधी जितेर मिस वल्र्डमा भाग लिएपछि हामेद अरु कतिपय सुन्दरीहरु जस्तो ‘ग्ल्यामर’को दुनियामा रमाइनन्, बरु शेयर बजारमा लगानी गरिन् । अहिले उनी इजिप्टको शेयर बजारकी एक चर्चित अनुहार हुन्, यद्धपी केही विज्ञापन लगायतका ‘ग्ल्यामर’संग सम्वन्धित कामहरु पनि कहिले काँहि गर्छिन् । ‘सुन्दरी प्रतियोगिता जित्नुको अर्थ फिल्म वा विज्ञापनको ग्ल्यामरको रंगीन दुनियामा हराउनु होइन, आफ्नो रुचीको क्षेत्रमा लाग्नु हो । मेरो रुची शेयर बजार थियो, त्यसैले सुन्दरी प्रतियोगितामा भाग लिएर, जितेर पनि म यतै आएं’ केही वर्ष अगाडि उनले एक अन्तरवार्तामा भनेकी थिइन ।

क्यारोलिन कार्टर (मिस वल्र्ड यूएस भर्जिन आइल्यान्ड्स २०१०)

क्यारोलिन कार्टरले मिस वल्र्ड २०१० मा यूएस भर्जिन आइल्यान्ड्सको प्रतिनिधित्व गरिन् । पछि, उनले शेयर बजारमा लगानी गरिन् र एक कम्पनीको शेयर खरिद गरेकी थिइन् ।

क्यारोलिना अमेरिकी शेयर बजारकी विवादास्पद लगानीकर्ता मानिन्छिन्, जसको शेयर लगानी र प्रेम सम्वन्धले जहिले पनि चर्चा पाइरह्यो ।

सन् १९९० मा जन्मेकी क्यारोलिना आफूभन्दा झण्डै ५० वर्ष जेठा जो लुइससंग सन् २०१३ देखि २०२० सम्म प्रेम सम्वन्धमा रहिन । अर्वपति लुईसले नै उनलाई शेयर बजारको ‘नशा’ लगाइदिएका थिए । त्यो सात वर्षको अवधिमा लुईसले हरेक वर्ष क्यारोलिनाको नाममा कम्तिमा १ लाख डलरको शेयर खरिद गर्ने र त्यो क्यारोलिनालाई ‘बर्थ डे गिफ्ट’ दिने गरेको समाचार केही वर्ष अगाडि सार्वजनिक भएको थियो । लुइससंगको संगतले क्यारोलिना आफै पनि चलाख लगानीकर्ताको रुपमा स्थापित भएकी छन् ।

सन् २०२० पछि लुइस र क्यारोलिनाको सम्वन्ध टुटे पनि व्यवसायिक सम्वन्ध भने अझै पनि कायम छ । अहिले ८६ वर्ष पुगेका लुइसको सबै लगानीको मुख्य व्यवस्थापकको रुपमा क्यारोलिनाले गर्ने गरेको र बेला बेलामा उनीहरुले ‘इन्साइड ट्रेडिङ’मा सम्लग्न हुने लगायतका विवादास्पद कामहरु पनि गर्ने गरेको समाचार आउने गर्छ ।

अन्ना–लिस न्यान्टन (मिस वल्र्ड ट्रिनिडाड एण्ड टोबागो)

जिओनटिकल इन्जिनियर अन्ना–लिस  स्टक मार्केटको बारेमा सर्वसाधारणलाई जानकारी दिन्छिन् । र, आफै पनि शेयर लगानीकर्ता हुन् । उनी सन् २०२४ कि मिस वर्ल्ड ट्रिनिडाड एण्ड टोबागो हुन् ।

रेचल स्मिथ (मिस यूएसए २००७)

मिस युएसए जितेपछि रेचल स्मिथले न्यूयोर्कमा अमेरिकन स्टक मार्केटको भ्रमण र त्यसक्रममा उद्घाटन घण्टी बजाउने अवसर पाएकी थिइन् । उनी अहिले पनि शेयर बजारमा निरन्तर सक्रिय छन् ।

सिनी शेट्टी (फेमिना मिस इन्डिया वल्र्ड २०२२)

(चार्टर्ड फाइनान्सियल एनालिस्ट) कार्यक्रम अध्ययन गरेकी सिनी शेट्टीले जस्तै म्युचुअल फन्ड, बन्ड्समा लगानी गर्छिन् भने दैनिकरुपमै शेयर कारोवारमा पनि संलग्न छन् ।

एन्फा वराहा (मिस ग्रान्ड थाइल्याण्ड २०२२)

एन्फा वराहा थाइल्याण्डको मनोरञ्जन उद्योगमा सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा पर्छिन् । उनी थाइल्याण्डका सक्रिय महिला लगानीकर्ताहरुमध्ये अग्रभागमा पर्छिन् ।

रिजा सान्टोस (मिस वल्र्ड क्यानडा २०११)

रिजा सान्टोस क्यानडाको टेक्नोलोजी कम्पनी Argyle Fox Inc.  मा उपाध्यक्षको रूपमा कार्यरत छन् । उनले मिस अर्थ क्यानडा २००६, मिस वल्र्ड क्यानडा २०११ र मिस युनिभर्स क्यानडा २०१३ को उपाधि जितेकी छन् । सान्टोस क्यानडाको चर्चित शेयर लगानीकर्ताहरुमध्ये एक हुन् ।

जेसिका कहावाटी (मिस वल्र्ड अष्ट्रेलिया २०१२)

जेसिका कहावाटीले कानून र व्यापार वित्तमा अध्ययन गरेकी छन् । उनले मिस वल्र्ड २०१२ मा अष्ट्रेलियाको प्रतिनिधित्व गरिन् र दोस्रो रनर–अप भइन् । उनी पनि अहिले ग्ल्यामर क्षेत्रको साथै शेयर बजारमै सक्रिय छन् ।

अदिति आर्य (मिस वल्र्ड इन्डिया २०१५)

अदिति आर्यले अन्स्र्ट एण्ड यङ्गमा व्यवसाय विश्लेषकको रूपमा काम गरेकी छन् । उनले मिस वल्र्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिन् । उनी भारतककी सबैभन्दा सुन्दर युवा लगानीकर्ताहरु मध्ये एक हुन् ।




ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।