५१ जनाकाे ज्यान जाने गरि भएकाे युएस बंगला विमान दुर्घटनाको सीसी टीभी फुटेज सार्वजनिक (भिडियाे)

Apr 01, 2019 Merolagani

नवीन ढुंगाना । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत वर्ष भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । उक्त दुर्घटनाबारे धेरै पूर्वाअनुमान र स्केच गरिए पनि खास भएको के थियो भनेर अहिलेसम्म कुनै दृश्य सार्वजनिक भएको थिएन ।

विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको सम्बाद दुर्घटना लगत्तै बाहिरीए पनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन । विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फुटेज मेरोलगानीले फेला पारेकाे छ । 

कसरी भएकाे थियाे दुर्घटना भिडियाे हेर्नुहाेस्

 

comments powered by Disqus

जीवन विकास लघुवित्तको लाभांश संशोधन, कति दिने भयो बोनस?

Mar 05, 2023 10:29 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।