५९ हाइड्रोपावर कम्पनीमा ४१ हाइड्रोपावर कम्पनीमा नाफामा रहेका छन् भने ग्रिनलाइफ हाइड्रोपावरले विद्युत उत्पादन नगरेको हुँदा खुद मुनाफा शुन्य देखाएको छ भने १७ वटा कम्पनीले नोक्सानीमा गएको रिपोर्ट प्रकाशित गरेका छन् ।
सबैभन्दा बढी चिलिमे हाइड्रोपावरले सबैभन्दा बढी ३८ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको छ भने माउन्टेन इनर्जी नेपालले ३५ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । त्यसैगरी सानिमा हाइड्रोपावरले ६ महिनामा ३२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् । बुटवल पावरले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा गर्दा साहस ऊर्जाले २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेकाे छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638134509617970825.png)
![](https://images.merolagani.com/Uploads/Repository/638134509742655912.png)
दोस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरेका हाइड्रोपावरमध्ये सबैभन्दा धेरै नोक्सानी अप्पर तामाकोशी हाइड्रोपावरको रहेको छ । अप्पर तामाकोशीले चालु आवको ६ महिनामा ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । त्यस्तै शिवश्री हाइड्रोपावरले १३ कराड ५ लाख रुपैयाँ, पिपल्स हाइड्रोपावर, ङादी हाइड्रोपावर, न्यादी हाइड्रोपावर तीन वटै कम्पनीले ११ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् । त्यस्तै बलेफी हाइड्रोपावरले १० करोड २६ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।
कोरोना संक्रमणको समयमा पुँजी बजारमा लगानी गरेर र घट्दो व्याज दरका कारण नाफा बढाएका हाइड्रोपावर कम्पनीहरुको पछिल्लो समयको नाफा भर्ने गिर्दो अवस्थामा छ । बैकिङ प्रणालीमा तरलता अभावका कारण ऋणको व्याज दर बढ्नु एवम् शेयर बजार पनि बियरिस मोडमा जाँदा हाइड्रोपावर कम्पनीहरुको नाफामा पनि गिरावट आएको एक हाइड्रोपावरका सञ्चालकले बताए ।
प्रति शेयर आम्दानीका आधारमा सबैभन्दा धेरै नाफा माउन्टेन इनर्जी नेपालले गरेको छ । माउन्टेन इनर्जी नेपालको प्रति शेयर अम्दानी ३६ रुपैयाँ १६ पैसा रहेको छ । रुरुको प्रति शेयर आम्दानी २४ रुपैयाँ १६ पैसा र बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रति शेयर आम्दानी २२ रुपैयाँ ५२ रुपैयाँ रहेको छ । सुचीकृत कम्पनीहरुमध्ये हिमाल दोलखा हाइड्रोपावर कप्पनी, जोशी हाइड्रोपावर कम्पनी, इष्टर्न हाइड्रोपावर र ग्रिन भेन्चर्स लिमिटेडले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।