आयोगका अध्यक्ष दिल्ली सिहंले अपर तामाकोशी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय भएको मेरोलगानीलाई जानकारी गराएका हुन् ।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।