सानिमा बैंकको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बैंकले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था (CYCL) को पनि ३ लाख ६४ हजार ९२५.५१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।