नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला तीन दिनदेखि यस्तो सुन हालसम्मकै उच्च मूल्य अर्थात प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638459231730261327.png)