Tue, Jun 25, 2024
चैत २१ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो। यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो।
यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।
पछिल्लो समय न्यून चुक्ता पुँजी र नकारात्मक प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर मूल्य उच्च दरले बढ्न थालेको छ । पछिल्लो समय पालैपालो ट्रेन्डिङमा आएका माइक्रोफाइनान्स, फाइनान्स र हाइड्रोपावर कम्पनीको उच्च मूल्य भएका कम्पनीहरु प्रायः न्यून चुक्ता पुँजी र ऋणात्मक प्रति शेयर आम्दानी भएका कम्पनी नै छन् ।