अघिल्लो दिन अर्थात आइतबार, १ लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी भने यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638348644419528179.png)