यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स् ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब ५१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.३१ प्रतिशत घटेको छ। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ०.७३ प्रतिशत र दैनिक औषत कारोबार संख्या १३.५७ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ। गत साता ३१ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.३१ प्रतिशत घटेर ३१ खर्ब १७ अर्बमा सीमित भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638497374359569201.jpg)
१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ। गत साता १९७५.७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७८.३६ अंक बढेर २०५४.१५ विन्दुमा पुगेको छ।
कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक ४४.९२ अंक घटेको छ। गत साता ४९७६.५५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता घटेर ४९३१.६३ विन्दुमा झरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638497374518064707.jpg)
यस साता नेप्सेमा कुल ६० लाख २२ हजार ४६३.८६ कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको हो।
![](https://images.merolagani.com/Uploads/Repository/638497374665452402.jpg)
यस साता पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक १७.३१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता मल्टीपर्पस फाइनान्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ। यस साता शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने १० प्रतिशतभन्दा कम रहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638497374825382755.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता पोखरा फाइनान्स नै मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेको छ। त्यस्तै, यस साता आरम्भ चौतारी लघुवित्त, गरिमा डिबेञ्चर लगायतका स्टक सो सूचीको शीर्ष ५ भित्र परेका छन्। यस साता युनिलिभर नेपाल, खानीखोला हाइड्रोपावर लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638497375111509525.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638497375251228755.jpg)