यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको मंगलबार र बिहीबार नेप्से बढेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स १.५३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.६१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ प्रतिशत घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम २०.४४ प्रतिशत कम हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २१.८४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.७१ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५१ अर्ब घटेर ३१ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638510089410139643.jpg)
१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक बढेको हो। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक ४.४१ प्रतिशत बढेको छ भने लघुवित्तको २.५९ प्रतिशत बढेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३७ प्रतिशत घटेको छ। गत साता ६५४५.८२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता २८६.२६ प्रतिशत घटेर ६२५९.५६ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३३१.३४ अंक घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638510089548482556.jpg)
यस साता नेप्सेमा हिमालयन रि इन्स्योरेन्स लिमिटेडको ४० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638510091484022584.jpg)
कारोबारमा आएको समता लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस साता सर्वाधिक १५.८२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता इन्फिनिटी लघुवित्तको शेयरमूल्य साढे १५ प्रतिशतभन्दा बढी बढेको छ भने लक्ष्मी लघुवित्तको शेयरमूल्य करिब साढे १४ प्रतिशत बढेको छ। यस साता पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक १६.९१ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638510271092974852.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता ग्रिन भेन्चर्स, नेशनल लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने पञ्चकन्या माई हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, सयपत्री हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638510091662017538.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638510091807010013.jpg)