यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये सबै दिन नेप्से नकारात्मक भएर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.१६ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.४६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ प्रतिशत घटेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ५१ करोडको मात्र शेयर कारोबार भएको छ। यस साता दैनिक औषत शेयर संख्या २९.५३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २५.२८ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १२ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८५ अर्ब घटेर ३१ खर्ब २७ अर्बमा झरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638491323791759119.jpg)
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत घटेको छ। गत साता ६७५१.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७७.२१ अंक घटेर ६४७४.४० विन्दुमा झरेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.०४ प्रतिशत घटेको छ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक घटेको छ। गत साता १०५१८.४८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३२९.२९ अंक घटेर १०१८९.१९ विन्दुमा झरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638491323921206162.jpg)
यस साता मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १ण्.५४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने १० प्रतिशतभन्दा कम रहेको छ। त्यस्तै, यस साता गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक २१.५४ प्रतिशत घटेको छ भने रु रु जलविद्युतको शेयरमूल्य साढे २० प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638491324082158341.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता मिड सोलु हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर्स, बाराही हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने राष्ट्रिय बीमा कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, ओरियन्टल होटल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638491324223654018.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638491324451755077.jpg)