बैंकिङ्ग उपसमूह बढेपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Jul 01, 2024 03:08 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेको हो।

यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक बढेसँगै नेप्से बढ्न पुगेको हो। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.३१ प्रतिशत बढेको छ। यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

सोमबार नेप्से परिसूचक १६.२९ अंक बढेर २०५३.३८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ४४ हजार १६९ पटकको कारोबारमा २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँबराबरको ७१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूलय यस दिन २६ रुपैयाँ ६० पैसा बढेर २९९ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। यस दिन नेपाल फाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ९७ रुपैयाँ घटेर ८७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १२ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।