बुधबार नेप्से परिसूचक ११.६० अंक घटेर २०६०.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ५४ हजार ७९३ पटकको कारोबारमा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको ८७ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ९२ रुपैयाँ ८० पैसा बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ। त्यस्तै, यस दिन शिवश्री हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको साधना लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.३८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १३ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ। घटेर अरु उपसमूहहरुको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।