यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक यस दिन ६.०४ प्रतिशत बढेको छ। विकास बैंक उपसमूहको परिसूचक भने यस दिन २.७१ प्रतिशत बढेको छ। यस दिन घटेका ८ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन नेप्से परिसूचक भने ३.७९ अंक बढेर २१०४.२२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ६१ हजार १९९ पटकको कारोबारमा ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँबराबरको १ करोड ७१ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मञ्जुश्री फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.७० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आईसीएफसी फाइनान्सको करिब १७ करोडको शेयर किनबेच भएको छ भने रिलायन्स फाइनान्सको कारोबार रकम साढे १६ करोड नाघेको छ।