निरन्तर पाँचौ कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि ६ अर्ब नाघ्यो

Jul 07, 2024 03:14 PM Merolagani


साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको सोमबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २१.२७ अंक बढेर २१४०.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

यस दिन पनि कारोबार रकम ६ अर्ब नाघेको छ। यस दिन ३२५ स्टकको ८० हजार ८३८ पटकको कारोबारमा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ५.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेशनल लघुवित्त, फरवार्ड लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७३ रुपैयाँ ५० पैसा घटेर ६६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्सको साढे १५ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus