करिब १ वर्षपछि २२०० विन्दुमाथि बन्द भयो नेप्से, कारोबार रकम पनि ६ महिना यताकै उच्च

Jul 11, 2024 03:12 PM Merolagani


साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २२०० विन्दुभन्दा माथि बन्द भएको छ।

नेप्से परिसूचक करिब १ वर्षपछि २२०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि २०८० साउन ८ गते, नेप्से २२००.५० विन्दुमा बन्द भएको थियो। सोपश्चात करिब ६ महिनाअघि इन्ट्राडेमा २२०० विन्दुभन्दा पुगेपनि सो विन्दुभन्दा माथि बन्द भएको थिएन। त्यसयता यसै दिन नेप्से २२०० विन्दुभन्दा माथि बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक २९.२१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ८७ हजार ८६ पटकको कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम ६ महिना यताकै उच्च हो। यस अघि गत पुस २६ गते नेप्सेमा ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।

यस दिन बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८ रुपैयाँ ३० पैसा बढेर ४२१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन्स युपर ३० म्युचुअल फण्ड र एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समाज लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.५९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब १५ करोडको संस्थापक शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत बढेको छ भने जलविद्युत, म्युचुुअल फण्ड, निर्जीवनबीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

कुन माइक्रोफाइनान्स कुन ब्रोकरको टप होल्डिङमा ? सूचीसहित

Jul 10, 2024 05:58 AM 0

मंगलबार शेयर बजार १५ दशमलब ७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । मंगलबारको बजारमा धेरै समयपछि लघुवित्त समूहमा उछाल देखिएको छ भने त्यसलाई विकास बैंक समूहले साथ दिएको छ । समग्र नेप्से परिसूचक शून्य दशमलब ५३ प्रतिशतले बढ्दा मंगलबारको बजारमा लघुवित्त समूह सबैभन्दा बढी ३.०६ प्रतिशत र दोस्रोमा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।