प्रि ओपन सेसन अपडेटः १३ अंक बढ्यो नेप्से

Jul 17, 2024 10:52 AM Merolagani


बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.०८ अंक बढेर २३२३.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.३० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८५ स्टकको २०० पटकको कारोबारमा ७३ लाख ५९ हजार ९७७ रुपैयाँ ५५ पैसाबराबरको २७ हजार ७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६८ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM 0

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।