प्रि ओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

Jul 21, 2024 10:53 AM Merolagani


साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१६ अंक बढेर २४३१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ८५ स्टकको २५६ पटकको कारोबारमा १३ करोड २३ लाख ५९ हजार ३९३ रुपैयाँ ५० पैसाबराबरको २ लाख ४१ हजार ६४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।





comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM 0

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।