प्रि ओपन सेसन अपडेटः करिब १० अंक बढ्यो नेप्से

Jul 24, 2024 10:52 AM Merolagani


बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७५.३३ अंक बढेर २५६३.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.७९ अंक बढेर २५७३.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०९ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८२ स्टकको २४८ पटकको कारोबारमा १ करोड ३७ लाख २६ हजार ७५७ रुपैयाँबराबरको २६ हजार ४५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।





comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM 0

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।