खराब कर्जा घटेपछि गुराँस लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Jul 28, 2024 09:16 AM Merolagani



गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ४४९.११ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेको र खराब कर्जा घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १०२.५३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९.७४ प्रतिशत बढेको छ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ६.३६ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १ हजार ४१८.२४ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ९५ पैसा बढेर २५ रुपैयाँ ६० पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.१२ गुणा रहेको छ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब १८ करोड रुपैयाँ सापटी तथा ३४ करोड ९४ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।