१८ सयदेखि २२ सयको नेप्से परिसूचक साइडवेजमा सबैभन्दा नचलेको बैकिङ सेक्टर पछिल्लो करिब १ महिनाको दौरान ५० प्रतिशतले बढेको छ भने त्यसपछि सबैभन्दा ‘नेग्लेक्टेड सेक्टर’ काे रुपमा रहेको लाइफ इन्स्योरेन्स सेक्टर पनि राम्रै बढेको छ ।
विगत १ महिनामा नेप्से परिसूचक ३०.६३ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समुह परिसूचक भने २८.६० प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स समूहमा रहेका १२ वटा कम्पनीमध्ये सबैभन्दा छिटो गतिमा भने नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । पछिल्लो स्वीङमा नेपाल लाइफ  झन्डै ४५ प्रतिशतले बढेको छ । गत जुन ३० मा ५ सय ७२ रुपैयाँ रहेको नेपाल लाइफको शेयर मूल्य मंगलबार कारोबार बन्द हुँदा ८ सय २६ रुपैयाँमा अन्तिम कारोबार भयो जुन ४४.४१ प्रतिशतको वृद्धि हो । चुक्ता पुँजीको आधारमा सबैभन्दा धेरै चुक्ता पुँजी रहेको नेपाल लाइफकै शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । नेपाल लाइफले पछिल्लो समय युनिग्लोब हाइगर सेकेन्डरी स्कुलमा ४७.६२ प्रतिशत बराबरको ६० करोड रुपैयाँ र प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५.३२ प्रतिशत बराबरको ७३ करोड ७२ लाख गरी कुल १ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । लगानी गरेको समाचार सार्वजनिक भएसँगै नेपाल लाइफको शेयर मूल्यले छलाङ मारेको हो ।
झन्डै ४५ प्रतिशतले बढेको छ । गत जुन ३० मा ५ सय ७२ रुपैयाँ रहेको नेपाल लाइफको शेयर मूल्य मंगलबार कारोबार बन्द हुँदा ८ सय २६ रुपैयाँमा अन्तिम कारोबार भयो जुन ४४.४१ प्रतिशतको वृद्धि हो । चुक्ता पुँजीको आधारमा सबैभन्दा धेरै चुक्ता पुँजी रहेको नेपाल लाइफकै शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । नेपाल लाइफले पछिल्लो समय युनिग्लोब हाइगर सेकेन्डरी स्कुलमा ४७.६२ प्रतिशत बराबरको ६० करोड रुपैयाँ र प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५.३२ प्रतिशत बराबरको ७३ करोड ७२ लाख गरी कुल १ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । लगानी गरेको समाचार सार्वजनिक भएसँगै नेपाल लाइफको शेयर मूल्यले छलाङ मारेको हो ।
 त्यसैगरी लाइफ इन्स्योरेन्समा दोस्रो धेरै मूल्य बढ्ने कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । एक महिना अगाडि ५ सय ४८ रुपैयाँ रहेको एसियन लाइफको शेयर मूल्य मंगलबार बजार बन्द हुँदा ७ सय २७ रुपैयाँ पुग्यो जुन ३२ दशमलब ६६ प्रतिशतको वृद्धि हो । एसियन लाइफले ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ जसका कारण पछिल्लो समय कम्पनीमा लगानीकर्ताको आकर्षण देखिने गरेको छ ।
त्यसैगरी लाइफ इन्स्योरेन्समा दोस्रो धेरै मूल्य बढ्ने कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । एक महिना अगाडि ५ सय ४८ रुपैयाँ रहेको एसियन लाइफको शेयर मूल्य मंगलबार बजार बन्द हुँदा ७ सय २७ रुपैयाँ पुग्यो जुन ३२ दशमलब ६६ प्रतिशतको वृद्धि हो । एसियन लाइफले ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ जसका कारण पछिल्लो समय कम्पनीमा लगानीकर्ताको आकर्षण देखिने गरेको छ । 
हालै मात्रै ४ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणाा गरेको नेसनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य एक महिनामा २९ दशमलब ७० प्रतिशतले बढेको छ । एक महिना अघि ५ सय ३२ रुपैयाँमा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य मंगलबार बजार बन्द हुँदा ६ सय ९० रुपैयाँ पुग्यो । 
त्यसैगरी सन नेपाल लाइफको २९.५३ प्रतिशत, सिटिजन लाइफको २६.८३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको २६.७७ प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्सको २५.५५ प्रतिशत, सुर्यज्योति लाइफको २२ दशमलब ८२ प्रतिशत, रिलायवल नेपाल लाइफको २२ दशमलब ७२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २२ दशमलब ४७ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको २१ दशमलब ९५ प्रतिशत र सानिमा रिलायन्स लाइफको २१ दशमलब ४१ प्रतिशतले वृद्धि देखिएको छ। 
लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा महंगो शेयर मूल्य भारतीय बीमा कम्पनी एलआईसीको लगानी रहेको एनआइसी नेपालको रहेको छ । कम्पनीको शेयर मूल्य मंगलबार १७ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय धेरै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५२ हप्ताको उच्च विन्दु नजिक पुगिसकेको छ