नयाँ उचाई उन्मुख भएको नेप्सेमा करेक्सन कति होला भन्ने लगानीकर्ताको चासो बढेको छ । बजार निरन्तर बढ्दा सस्तो मूल्यमा किनेको छोटो अवधिमै राम्रो नाफा भयो । यो विन्दुमा पुगेर नाफा सुरक्षित गर्नतर्फ लगानीकर्ता लाग्दा आजको करेक्सन भएको अनुमान गरिएको छ ।
नेप्से सूचक घटेपनि कारोबार रकममा भने उत्साहपूर्ण देखिएको छ । बजारले धेरै ठूलो करेक्सन नलिएर पुनः बढ्दो गतिमा लाग्ने लगानीकर्ताहरुको बुझाई छ । घट्दो क्रममा रहेको बैंक ब्याजदर, अधिक तरलता र बजारमा संस्थागत लगानीकर्ताको उपस्थितिले बजार बलियो रहेको संकेत गरेको छ । बजारले नियमित करेक्सन लिएर पुनः सकारात्मक लयमै फर्किने अनुमानहरु गरिएको छ ।