२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM Merolagani



बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।

एक महिना अघिसम्म २०० भन्दा मुनि फालाफाल पाइने वाणिज्य बैंक र अधिकांश हाइड्रोपावर कम्पनीका शेयरहरु अहिले २०० माथि पुगिसके । अब लगानीकर्ताले सस्तो मूल्य भएका शेयर खोज्दा पनि ३०० भन्दा मुनि नै पनि २७ वटा कम्पनी मात्रै पाउन सक्ने अवस्था बनेको छ । त्यसमध्ये ११ वटा वाणिज्य बैंक समूहका, १४ वटा हाइड्रोपावर समूहका, एक वटा लगानी समूहका र एक वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी परेका छन् ।

‘लो भ्यालु कम्पनीहरु पनि विगतको बुलमा १ हजार रुपैयाँसम्म पुगेको दृष्तान्त प्रस्तुत गर्दै लगानीकर्ताहरु त्यस्ता कम्पनीमा आकर्षित हुन थालेका हुन । कोरोनाकालको बुलमा ९ सय माथि पुगेको कम्पनी अब २ सयको हाराहारीमा किन्दा कसो फाइदा गर्न नसकिएला ?’–अप्पर जस्तो हाइ क्याप कम्पनीमा सर्किट लागेर बढेपछि मेरो लगानीसँगको जिज्ञासामा एक लगानीकर्ताले भने ।

पछिल्लो समय लगानीकर्ताहरु कम्पनीको वित्तीय विश्लेषण भन्दा इन्भेष्टमेन्ट कम्पनीहरुले ठूलो मात्रामा ऋण लिन पाइने हुँदा ठूलो सप्लाई भएको कम्पनीमा लगानी गर्न थालेकाले त्यस्ता कम्पनीको शेयरमा आकर्षण बढेको उनले बताए । हुन पनि निफ्रा, एचआईडीएसील, अप्पर र कतिपय वाणिज्य बैंकहरु विगतमा लगानीकर्ताको आँखामा नपर्ने सूचीमा पर्ने कम्पनीहरु थिए। अहिले भने तीनै कम्पनीहरु छानी छानी सर्किट लाग्ने गरेको छ । आइतबारको कारोबारमा पनि निफ्रा, अप्पर र एचआईडीसीएल जस्ता सस्ता कम्पनीहरु सर्किट लेभलमा कारोबार भए ।

मूल्यका आधारमा अहिले सबैभन्दा सस्तो कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी हुन पुगेको छ । आइतबार बजार बन्द भएपछिको मूल्यको आधारमा हिमाल दोलखा हाइड्रोपावरको कम्पनी मूल्य २०३ रुपैयाँ २० पैसा कायम भएको छ । दोस्रो सबैभन्दा सस्तो कम्पनीमा कुमारी बैंक रहेका छन् जसको शेयर मूल्य २१३ रुपैयाँ रहेको छ ।

हाइड्रोपावर समूहभित्रको आँखुखोला जलविद्युत, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र अप्पर तामाकोशी हाइड्रोपावर अहिले कुमारी पछि सस्तो मूल्यमा पाउन सकिने हाइड्रोपावर कम्पनीहरु हुन । २०० भन्दा मुनि लामो समय कारोबार भएको यी कम्पनीमध्ये अप्पर तामाकोशी हाइड्रोपावारको चुक्ता पुँजी हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी छ । बजार साइडवेजमा जाँदा १६० रुपैयाँको हाराहारीमा आइसकेको कम्पनीको शेयर मूल्य आइतबार बजार बढ्दा २३४ रुपैयाँ ३० पैसामा कारोबार भयो ।

अधिकांश वाणिज्य बैंक उच्च चुक्ता पूँजीको कारण थलिएर २०० रुपैयाँभन्दा मुनि धेरै समय कारोबार भयो । अहिले भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक २३५ देखि २४३ रुपैयाँसम्म कारोबार भयो ।

हालै मात्रै १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हिमालयन ऊर्जा विकास कम्पनी २४३ रुपैयाँ २० पैसा पुगेकाे छ ।

त्यस्तै ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक भने २४३ देखि २५७ रुपैयाँमा कारोबार भइरहेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, लिबर्टी इनर्जी, अरुण काबेली पावर, सिगटी हाइड्रो इनर्जी २६१ देखि २६८ सम्ममा कारोबार भइरहेको छ ।

उत्पादनमूलक समूहतर्फ लो सप्लाई कम्पनी नेपाल ल्युव आयल भने २६८ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ भने लगानी समूहतर्फ सबै कम्पनीहरु ५०० भन्दा माथि कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) मात्रै ५ सय मुनि कारोबार भइरहेका छन् । हालै मात्रै निफ्राको शेयर मूल्य ३०० माथि हुन थालेको हो भने एचआईडीसीएल मात्रै ३०० मुनि कारोबार भइरहेको छ ।




comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।