विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी १ करोड २९ लाख रुपैयाँ रहेको छ। खराब कर्जा ६.६० प्रतिशत रहेको यस लघुवित्तको इम्पेरमेन्ट चार्ज ५५ लाख १४ हजार रुपैयाँ रहेको छ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात ११.५३ गुणा रहेको छ।
१ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग ५ करोड २९ लाख रुपैयाँ रहेको छ भने जगेडा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।