काइसाइ ब्रान्डले आफ्नो इलेक्ट्रिक स्कुटर नेपालमा ल्यायाे, कति पर्छ?

Aug 12, 2024 12:58 PM Merolagani



काइसाइ ब्रान्डले आफ्नो इलेक्ट्रिक स्कुटर नेपालमा ल्याएकाे छ । जिरो इमिसन राइड एनले याे इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएको हो।

नयाँ इलेक्ट्रिक स्कुटरकाे कम्पनीले एक लाख ५० हजार रुपैयाँ भन्दा माथि पर्ने कम्पनीले जनाएकाे छ । 

कम्पनीले भित्र्याएको काइसाइ एससीमा २.४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । यस स्कुटरमा ७२ भोल्ट ४० एम्पियरको ग्राफिनी ब्याट्री पाइनेछ । कम्पनीका अनुसार यसलाई एक पटकको फुलचार्जमा १२० किलोमिटरसम्म चलाउन सकिनेछ ।

यसमा प्रयाेग भएकाे १२ इन्चको अलोय ह्वीलका कारण यसको ग्राउण्ड क्लियरेन्स केहि अग्लाे रहेकाे छ । यससँगै, १७० एमएमका साथ इलेक्ट्रिक स्कुटर अफराेडमा पनि सजिलै गुड्न सक्छ । याे स्कुटरमा लेग स्पेस र बुट स्पेस पनि केहि फराकिलाे पाउन सकिनेछ ।

याे इलेक्ट्रिक स्कुटरकाे अगाडि डिस्क ब्रेक र पछाडी ड्रम ब्रेक रहेको छ । यसमा ३ वटा ड्राइभ मोड र एउटा रिभर्स मोड उपलब्ध छ । यसका साथै एन्टिथेप्ट ह्वील लक, एलईडी लाइट, डिजिटल कन्सोल जस्ता फिचर उपलब्ध छन् ।

याे स्कुटरलाई चावी हाेस् वा रिमाेट कन्ट्राेलले स्टार्ट तथा अफ पनि गर्न सकिनेछ । एन्टिथेप्ट व्हिल लक सिस्टम भएकाे यस स्कुटरकाे फिचरले साइरन बज्नुकासाथै व्हिल लक हुन्छ।

कम्पनीका अनुसार ७२ भोल्ट ४० एएच क्षमताको ग्राफिनी ब्याट्री भेरियन्टको मूल्य एक लाख ६५ हजार २०० रुपैयाँ ताेकिएकाे छ । यस्तै, ७२ भोल्ट २७ एमएच आवरको ब्याट्री क्षमताको भेरियन्टको मूल्य एक लाख ५० हजार २०० रुपैयाँ पर्नेछ ।

नेपालका लागि लुयान ब्राण्डको पनि आधिकारिक वितरक जिरो इमिसन राइड एन हो । कम्पनीले विगत ५ वर्षदेखि लुयानका विभिन्न मोडेलका इलेक्ट्रिक स्कुटरहरू बिक्री वितरण गर्दै आइरहेको छ ।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।